News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारले पुनर्गठित मन्त्रीपरिषद्को पहिलो बैठकमा तीन वटा समिति गठन गरेको छ।
- पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीको संयोजकत्मा राजनीतिक तथा प्रशासन समिति गठन गरिएको छ।
- आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
२४ पुस, विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठित मन्त्रीपरिषद्को पहिलो बैठकले तीन वटा समिति निर्माण गरेको छ ।
मंगलबार प्रदेशको मन्त्रिपरिषद्को सेट नै परिवर्तन भएको थियो । बिहीबार बसेको बैठकले मन्त्रीको संयोजकत्वमा तीन वटा समिति गठन गरेको हो । समितिले सरकार सञ्चालनका लागि सुझाव प्रदान गर्नेछ ।
पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीको संयोजकत्मा राजनीतिक तथा प्रशासन समिति गठन गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको संयोजकत्वमा कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकास मन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको हो ।
बैठकले कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4