+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १२:४५

१० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुई देशबीचको समझदारीबाटै बुझ्ने पहल भइरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले ईपीजी प्रतिवेदनको विषयमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणमा जाँदा यो विषयलाई गम्भीर रुपमा उठाएको बताए ।

‘ईपीजी प्रतिवेदनबारे भारत भ्रमणमा जाँदा गम्भीर रुपले उठाएको कुरा सम्मानित सदनलाई राखेको छु । हाम्रो कोशिस सरकारको अझै पनि समझदारीबाट यो प्रतिवेदन बुझ्नेतिर नै पहल भइरहेको जानकारी गराउँछु’, प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल भारत सम्बन्धका विभिन्न विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न दुई देशको समझदारीमा प्रवुद्ध व्यक्ति समूह (ईपीजी) गठन भएको थियो । ईपीजीले प्रतिवेदन तयार पारेको ५ वर्ष पूरा भइसकेको छ, तर सार्वजनिक भएको छैन ।

पहिले भारतका प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने समझदारी भएकामा भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण ईपीजीले प्रतिवेदन बुझाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?