 
																						फाइल तस्वीर								
											१४ असार, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए ।
डीएसपी दाहालका अनुसार कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र उनीहरूको जल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी दाहालले बताए ।
दुर्घटनामा परी जिप सड्कभन्दा ५० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4