 
																			३ साउन, काठमाडौं । सेयर बजार बढ्दै जाँदा डेढ दर्जन कम्पनीको मूल्य भने हालसम्मकै उच्च भएको छ । बुधबार उच्च मूल्य कायम भएका अधिकांश कम्पनी यसअघिको बुल चरण सकिएपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेकाहरू छन् ।
यतिबेला कुनै पनि सेक्टरका सूचकले उच्च अंकको रेकर्ड बनाएका छैनन् । तर १८ कम्पनीको भाउ अहिलेसम्मकै उच्च भएको छ । यसअघि बोनस सेयर वा हकप्रद सेयर दिएको अवस्थामा समायोजनसहित १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो ।
हालसम्मकै उच्च मूल्य भएका कम्पनीमा अधिकांश हाइड्रोपावर छन् । बुधबार इन्ट्राडे वा कारोबार बन्द हुँदा १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । तीमध्ये एक होटल, एक विकास बैंक, एक फाइनान्स कम्पनी छन् भने बाँकी १५ हाइड्रोपावर कम्पनी छन् । सिटी होटल, ग्रीन डेभलपमेन्ट बैंक तथा मल्टिपर्पस फाइनान्सको मूल्य हालसम्मकै उच्च भएको छ ।
मूल्य अहिलेसम्मकै उच्च हुने हाइड्रोपावर कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, माइखोला हाइड्रोपावर, सानिमा मिडिल तमोर, सुपर माइ हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, ग्रीन भेन्चर, अपर सोलु हाइड्रोपावर, भूगोल इनर्जी, माथिल्लो मैलुङखोला, मेन्छियाम हाइड्रोपावर, अपरहेवाखोला, इङवा हाइड्रोपावर, रावा इनर्जी, सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावर कम्पनी छन् ।
बुधबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएका कम्पनी
| कम्पनी | अन्तिम मूल्य | इन्ट्राडे उच्च मूल्य | 
| मन्दाकिनी हाइड्रोपावर | ६८३ | ६८३ | 
| सिटी होटल | ८३५ | ८४० | 
| माइखोला हाइड्रोपावर | ६८३ | ६८३ | 
| सानिमा मिडिल तमोर | ४६९.९० | ४७४.२० | 
| सुपरमाइ हाइड्रोपावर | ४६४.९० | ४७४.२० | 
| सीईडीबी हाइड्रोपावर | १३१४ | १३१४ | 
| ग्रीन भेन्चर | ६६९ | ६६९ | 
| अपरसोलु हाइड्रो | ५४३ | ५४५ | 
| भूगोल इनर्जी | ४७९.५० | ४९१.६० | 
| मल्टिपर्पस फाइनान्स | ५९१ | ५९३ | 
| माथिल्लो मैलुङखोला | ६०५ | ६०५ | 
| ग्रीन डेभलपमेन्ट बैंक | ५५० | ५६१ | 
| मेन्छियाम | ५०५.६० | ५१० | 
| अपरहेवाखोला | ५२३ | ५२९ | 
| इङवा हाइड्रोपावर | ४९७.५० | ५१३ | 
| रावा इनर्जी | ६१० | ६४० | 
| सिक्लेस हाइड्रोपावर | ९५४ | ९५४ | 
| सयपत्री हाइड्रोपावर | ६४५ | ६६४ | 
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4