+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/1 (0.1)
VS
११९ बलमा १३३ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जुवातास खेलेको आरोपमा ४ लाख रुपैयाँसहित ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १२:०६

२ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ९ जना नै भारतीय नागरिक रहेको खुलेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु ३६ वर्षीय मन्टु भुक्ता, ३९ वर्षीय सुशान्त करामाती, ३७ वर्षीय राजकुमार घोरही, ३९ वर्षीय अर्धेन्दु हरबाब, ३६ वर्षीय जग्गनाथ पाल, ४५ वर्षीय रन्जित कुन्ते, ३९ वर्षीय सौमेन्दु दास, ३८ वर्षीय दिव्यन्दु सिं र ३३ वर्षीय सञ्जय पात्रो छन् ।

काठमाडौं २४ इटुम्बाहलस्थित एक घरमा जुवातास खेल्दै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुबाट ३ लाख ७३ हजार ८२० रुपैयाँ र ५ बुक तास बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?