+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई राहत दिने मुख्यमन्त्रीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १३:३८

३ भदौ, धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्।

शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन्।

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका-१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो।
धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?