+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुन्न ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १५:५९

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका छन् । करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेको गुरुङ र उनकी श्रीमतीविरुद्ध उजुरी परेको भन्दै छानबिनको माग गरेका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताए । उनले भने, ‘अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ?’

गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर समेत उनले प्रश्न गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?