 
																			३१ भदौ, काठमाडौं । एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् ।
उनले भाडामा लिएको ललितपुर महानगरपालिका ८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनको साथबाट नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए ।
पक्राउ परेका रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4