+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित गर्ने निर्माताको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १७:५९

काठमाडौं । फिल्म ‘सानो संसार’का निर्माताले आइतबारदेखि प्रदर्शन स्थगित गर्ने निर्णय गरेका छन् । बाढीपहिरो र प्राकृतिक विपत्तिले मानिसलाई आवतजावत गर्न समेत कठिन भएकाले यस्तो निर्णय गरिएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माता अर्जुन कुमार र माधव वाग्लेले विज्ञप्तिमार्फत जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै केही समयको लागि प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।

सहज वातावरण भएपछि फिल्मको पुनः प्रदर्शन गरिने जनाइएको छ । ‘सम्भवतः कात्तिक वा मंसिरका लागि नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं’ निर्माता कुमारले भने, ‘प्रदर्शन सार्ने निर्णयबाट दर्शकलाई परेको असुविधाप्रति क्षमाप्राथि छौं ।’

निर्माताको निर्णय लगत्तै क्यूएफएक्स, आइएनआई लगायतका ठूला मल्टिप्लेक्स चेनले आइतबारको लागि शोज क्यान्सिल गरेका छन् ।

शुक्रबारदेखि परेको लगातारको झरीको कारण जनजीवनसँगै फिल्म क्षेत्र पनि प्रभावित बनेको छ । शनिबारको झरीको कारण हलमा दर्शकको उपस्थिती न्यून रह्यो । सुटिङ भैरहेका फिल्मले पनि यतिबेला छायांकन रोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?