+
+
WC Series
पोखरा एभेन्जर्स 2025
9/1 (1.6)
VS
१०८ बलमा १५७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

वैदेशिक रोजगार विभागको आईरिस प्रणाली जडान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते २०:१६

१५ असोज, काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरूको अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान स्थिगित भएको छ ।

वैदेशिक रोजगार विभागले मंगलवारदेखि अभिमुखिकरण तालिममा अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स एण्ड आईरिस रिकग्निशन सिस्टम लागू गर्ने भने पनि प्राविधिक समस्याका कारण स्थिगित गरिएको हो।

विभागले मंगलबार बेलुका एक सूचना जारी गर्दै असोज २९ गतेदेखि उक्त प्रणाली अनिवार्य रुपमा लागू गर्ने जनाएको छ । अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले प्राविधिक समस्याको गुनासो गरेपछि मिति सारिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार असोज १६ देखि २३ गतेसम्म बायोमेट्रिक फिंगरप्रिन्ट सिस्टमले काम गर्नेछ भने असोज २९ गतेदेखि आईरिस सिस्टम अनिवार्य रूपमा लागु गरिनेछ ।

विभागले अभिमुखिकरण तालिममा बायोमेट्रिक हाजिरी मेसिन दुरुपयोग गरी नक्कली हाजिरी गर्ने गरेको भन्दै आईरिस सिस्टम लागू गर्न लागेको हो ।

प्रशिक्षार्थीहरूको बायोमेट्रिक प्रभावकारी प्रयोग नभएको भन्दै सबै अभिमुखीकरण तालिम प्रदायक संस्था सबैमा फेस टाइम एन्ड आईरिस रिकोग्निजेशन सिस्टम लागू गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?