+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राजेशपायल राईलाई आफ्नै गीतमा ‘कपीराइट क्लेम’, कानुनी उपचारको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते ११:२४

काठमाडौं । पछिल्लो समय केही गायकलाई आफ्नै गीतमा ‘कपिराइट क्लेम’ लाग्न थालेको छ । गायक राजेशपायल राई पछिल्लोपटक यो समस्याबाट पीडित बनेका छन् ।

एम्युज नामक संगीत वितरण कम्पनीको प्लाटफर्ममा राईलाई कपिराइट लागेको हो । यो कम्पनीले स्पोटीफाइ, एप्पल म्युजिक, अमेजन म्युजिकजस्ता प्लाटफर्ममा गीत उपलब्ध गराउँदै आएको छ ।

सामाजिक संजालमा गायक राईले यसबारे जानकारी दिएका छन् । आफैले संग्रह गरेको अडियो प्लाटफर्मबाट गीत डाउनलोड गर्न खोज्दा उल्टै आफूलाई कपिराइट लागेको र आफ्ना गीत तुरुन्त डिलेट नगरे कानूनी उपचारमा जाने उनले बताएका छन् ।

उनी लेख्छन्, ‘यो एक सूचना हो । मेरो राइट्समा रहेको अधिकांश गीतहरु हालै मैले खोलेको अडियो प्लाटफर्ममार्फत संग्रहित डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले यो सुचित गरिन्छ की तपाइले राख्नु भएकोे मेरो गीतहरु तुरुन्त डिलेट गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु ! र यति सेयर गरेर सहयोग गरिदिनुहोला ।’

अहिले सोही प्लाटफर्मबाट गीत अपलोड गर्न खोज्द नभैरहेको उनको भनाई छ । यसकारण गैरकानूनी तरिकाले हाल्नुपरेको उनको भनाइ छ । एम्युजमा ४ वटा गीत राख्दा यस्तो समस्या भएको बताए । उनले आफ्नै गीतमा कपिराइट लाग्नुलाई कलाकारको अधिकार हनन भएको रुपमा ब्याख्या गरे ।

यसअघि ‘चिहानकी परी’, ‘बज्र’जस्ता गीतमा गायक तथा सर्जक शिरिष खड्कालाई कपिराइट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?