+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बाढीले क्षति पुर्‍याएको काभ्रेमा खानेपानी संरचनाको काम फास्ट ट्र्याकमा गर्छौं: मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १४:४४
फाइल फोटो ।

१ कात्तिक, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेको रोशी खोला लगायतको बाढीले पनौती, बनेपा र धुलिखेल नगरपालिकामा क्षति गरेका खानेपानी मन्त्रालय अन्तर्गत विभागका सबै संरचनाको काम फाष्ट ट्र्याकबाट गरिने बताएका छन् ।

गएको असोज १० गतेदेखि १२ गते सम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण काभ्रेका विभिन्न खानेपानी मुहान संरचनामा भएको क्षतिको जानकारी लिन बिहीबार स्थलगत अवलोकनमा पुगेका थिए ।

सोही क्रममा मन्त्री यादवले भने, ‘मन्त्रालय मातहतका संरचनाको काम हामी तुरुन्तै सुचारु गर्छौं, अन्य विषयतगका कामहरु आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउँछौं ।’

पनौती लगायत क्षेत्रमा अस्थायी रुपमा अहिले पानी आइरहेको भए पनि त्यो अस्थायी मात्रै भएको र फेरि वर्षा हुँदा बाढीले बगाउने भएकाले त्यसको स्थायी तथा दीर्घकालीन रुपमा समस्या समाधानका लागि योजना तयार गर्ने बताए ।

सोही क्रममा मन्त्री यादवले एकीकृत खानेपानी आयोजना खानेपानी मन्त्रालय अन्तर्गत नपर्ने तथा शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने भएकाले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपका विषयमा आफूले शहरी विकास मन्त्रालयसँग सल्लाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?