+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

जनमत पार्टीसँग एकता गर्न रास्वपाको लुम्बिनी प्रदेश समितिको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १४:०७

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश समितिले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरण गर्न पार्टीको केन्द्रीय समितिलाई सुझाव दिएको छ ।

लुम्बिनी प्रदेश सभापति देवराज पाठकले उपसभापति एवं केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक डीपी अर्याललाई शनिबार (२४ कात्तिकमा) पत्र लेखेर वैकल्पिक शक्तिहरुसँग पार्टी एकीकरणका लागि वार्ता समिति बनाउन पनि सुझाव दिएका छन् ।

‘सीके राउतको जनमतजस्ता प्रगतिशील मुद्धा मिल्ने पार्टीहरुसँग पार्टी एकतासम्मको नीति अगाडि सार्दै बृहत् मोर्चा बनाउने कार्यदिशा अघि सार्नुपर्ने’, पत्रमा लेखिएको छ ।

राज्यसत्ता विरोधी आन्दोलनको वातावरण बनाउनका लागि नयाँ वैकल्पिक शक्तिसँग मिल्नुपर्ने पाठकले पत्रमा उल्लेख गरेका छन् ।

पार्टीलाई चेन अफ कमाण्डमा राख्नका लागि कार्यवाहक सभापतिको नियुक्त गर्नुपर्ने सुझाव प्रदेश समितिले दिएको छ । २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यबाहक सभापतिको जिम्मेवारी तोकिएको छैन ।

प्रदेश समितिले पूर्ण अधिकार सहितको महामन्त्री नियुक्त गर्न पनि पार्टीलाई सुझाव दिएको छ । मुकुल ढकाललाई महामन्त्रीबाट हटाइपछि रास्वपामा कार्यवाहक महामन्त्रीको जिम्मेवारीमा कविन्द्र बुर्लाकोटी छन् ।

सभापति लामिछाने पक्राउ राजनीतिक प्रतिशोध भएको अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन पार्टीमा तीन सदस्यीय समिति बनाउन पनि लुम्बिनी प्रदेश समितिले सुझाव दिएको छ ।

पार्टीले सडकमा उठाइरहेका मुद्धालाई आधिकारिक विज्ञप्तिमा पनि राख्न प्रदेश समितिले पार्टी नेतृत्वलाई सुझाव दिएको छ । सडक आन्दोलन काठमाडौं केन्द्रित गर्न पनि सुझाव दिइएको छ ।

कात्तिक २२ र २३ मा बसेको प्रदेश समितिको बैठकको निर्णय अनुसार सुझाव पठाएको लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?