+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पूर्वसभामुख ढुंगानालाई सानोगौचरनमा श्रद्धाञ्जली अर्पण (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ मंसिर ३ गते १२:०५

३ मंसिर, काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचनमा राखिएको छ ।

सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेतालगायत सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका छन् ।

श्रद्धाञ्जलीपछि ढुंगानाको आजै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार निधन भएको थियो ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?