फाइल तस्वीर
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कीर्तिपुरको उपचुनाव जनमत संग्रह नै भएको दाबी गरेका छन् । कीर्तिपुरको नगाउँ दोबाटोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो उपचुनाव साँच्चै देशको लागि अहिलेको अवस्थाको जनमत संग्रह नै हो,’ पाण्डेले भने, ‘यसमा हँसिया हथौडामा मत दिनुस् भन्नका लागि नेकपा एकीकृत समाजवादीको तर्फबाट पार्टीको निर्णय सुनाउन आएको हुँ ।’
साथै, उनले कीर्तिपुरको प्रमुखमा माओवादीलाई आफ्नो पार्टीले सहयोग गर्ने र काठमाडौं–१६ मा आफ्नो पार्टीलाई माओवादी केन्द्रले सहयोग गर्ने समझदारी बनेको जानकारी पनि सभामा गराएका छन् ।
‘हामीले कीर्तिपुरमा माओवादीको उम्मेदवारलाई सहयोग गर्ने र काठमाडौं–१६ मा माओवादीले हाम्रो उम्मेदवारलाई सहयोग गर्ने समझदारी भएको छ । म यही कुरा भन्न आएको हुँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4