+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिरियामा विद्रोहीले अल-बशिरलाई बनाए संक्रमणकालीन सरकारको प्रधानमन्त्री  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ७:२५

२६ मंसिर, दमास्कस । सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी सत्तामा आएका विद्रोहीहरूले मङ्गलबार मार्च १ सम्म देश चलाउनका लागि सङ्क्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् ।

‘सामान्य कमान्डले हामीलाई मार्च १ सम्म सङ्क्रमणकालीन सरकार चलाउने जिम्मा दिएको छ’, सरकारी टेलिभिजनको टेलिग्राम अकाउन्टमा मोहम्मद अल–बशिरको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उनलाई ‘नयाँ सिरियाली प्रधानमन्त्री’ का रूपमा सम्बोधन गरिएको छ ।

इस्लामिक नेतृत्वको विद्रोही गठबन्धनले आफ्नो वंशको पाँच दशक लामो क्रूर शासनको अन्त्य गर्दै आइतबार राजधानी दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट भागेका थिए ।

असदलाई जबरजस्ती बाहिर निकाल्ने आक्रमणको नेतृत्व गर्ने इस्लामिक नेता अबु मोहम्मद अल–जोलानीले सत्ता हस्तान्तरणका लागि वार्ता सुरु गर्नुभएको छ र यातना तथा युद्ध अपराधका लागि जिम्मेवार पूर्व वरिष्ठ अधिकारीहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको समूह हयात ताहरिर अल–शाम सिरियाको अल–कायदा शाखामा निहित छ र यसलाई धेरै पश्चिमी सरकारहरूले आतङ्कवादी सङ्गठनको रूपमा प्रतिबन्धित गरेका छन् । यद्यपि यसले आफ्नो बयानबाजीलाई मध्यम बनाउन खोजेको छ ।

सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका दूतले असदलाई भाग्न बाध्य पार्ने समूहहरूले आफ्नो ‘असल सन्देश’ लाई व्यवहारिक रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

‘उनीहरूले एकता, समावेशीकरणको सन्देश पठाउँदै आएका छन्, हामीले अलेप्पो र हामामा पनि… आश्वासन दिने कुराहरू देखेका छौँ’, जिर पेडरसनले भने, ‘तर हामीले हेर्न नचाहेको कुरा भनेको निस्सन्देह राम्रो कथनहरू र हामीले सुरुमा यथार्थमा जे देखिरहेका छौँ, त्यो हामीभन्दा अघिका दिनहरू र हप्ताहरूमा व्यवहारमा लागु गरिएको छैन ।’

सिरियालीहरूलाई बाथ पार्टी लाइनबाट विचलित हुनबाट रोक्नका लागि जेल र हिरासत केन्द्रहरूको जटिल जाल कायम गर्ने असदको पतनले देशभरि र विश्वभरका डायस्पोरामा उत्सव र खुशीको लहर ल्याएको छ ।

गृहयुद्धले गर्दा पाँच लाख मानिस मारिए र देशको आधा जनसङ्ख्यालाई आफ्नो घर छोड्न बाध्य बनायो । तीमध्ये लाखौँले विदेशमा शरण लिए ।

दैनिक जीवनको हरेक पक्ष चलाएको सरकारको पतनपछि देशले अहिले गहिरो अनिश्चितताको सामना गरिरहेको छ ।

अहिले आफ्नो वास्तविक नाम अहमद अल–सारा प्रयोग गर्ने जोलानीले वाचा गरे, ‘सिरियाली जनतालाई यातना दिन संलग्न अपराधी, हत्यारा, सुरक्षा र सेनाका अधिकारीहरूलाई जवाफदेही बनाउन हामी हिचकिचाउने छैनौँ ।’

टेलिग्राममा एक विज्ञप्तिअनुसार जोलानीले सोमबार बिदाइ हुने प्रधानमन्त्री मोहम्मद अल–जलालीसँग सिरियाका जनतालाई ‘सेवाहरूको प्रावधानको ग्यारेन्टी गर्ने शक्तिको हस्तान्तरण समन्वय गर्न’ वार्ता गरेका थिए । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?