+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एनसेल फाउन्डेसन र जोन्टाको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सकियो

विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १६:४०

काठमाडौं । एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा सञ्चालन भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न जनसचेतनामूलक कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ ।

हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरी समापन भएको फाउन्डेसनले जनाएको छ । ।

यस १६ दिने अभियानको सुरुवात ‘बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू’ शीर्षकको ज्ञानबर्द्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो ।

यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाका अधिकारहरू सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानहरूको बारेमा समुदाय र सरोकारवालालाई जानकारी दिने उद्देश्य राखिएको छ ।

कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्था, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न सरोकारवालाले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए ।

एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कूल’ कार्यक्रम पनि सञ्चालन गरिएको थियो । जहाँ सरकारी र निजी गरी १२ विद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयमा जानकारी दिनुका साथै सुरक्षित तथा समान वातावरणको प्रवर्द्धन गर्न कदम चाल्नुको महत्त्वबारे सचेतना जगाउने काम गरिएको थियो ।

अभियान समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर माननिय मंजली शाक्य बज्राचार्य र सशस्त्र प्रहरी बलकी असिस्टेन्ट जेनरल अफ पुलिस फूलकुमारी पौडेल लगायत सहभागी थिए ।

अभियानबारे आफ्नो धारणा राख्दै एनसेलकी विशाखा लक्ष्मी खड्का हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआरले यस अभियानले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई पुष्टि गरेको बताइन् ।

जोन्टा क्लब काठमाडौंकी अध्यक्ष विना राणाले लैंगिक हिंसा, बालविवाह र जलवायु परिवर्तनसँगको सम्बन्धको विषयमा सामूहिक साझेदारीको आवश्यकताका जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?