६ पुस, जनकपुरधाम । महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो ।
आज बिहान ४ बजेको समयमा आएका ७/८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।
डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको डिएसपी जयसवारले बताए ।
हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4