 
																			७ पुस, महोत्तरी। महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ।
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।
जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उहाँलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो।
हृदयाघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4