+
+

सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ११:५२

८ पुस, काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरीको दाबी छ ।

तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । सुकबहादुरले नै हत्या गरेको खुलेपछि यही पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

एसपी खड्काका अनुसार तिनमायाले काम नगर्ने भनी सधैं गाली मात्र गरिरहने र सोही दिन पनि गाली गरेकोले हत्या गरेको सुकबहादुरले स्वीकार गरेका छन् ।

उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरी टाउको थाममा ठोक्काएर हत्या गरेको बयान दिएका छन् ।

सुकबहादुरलाई जिल्ला अदालतमा पेश गरी पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?