+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सामाजिक सञ्जालमा पार्टी नेतृत्वबारे दिनहुँ सकारात्मक पोष्ट गर्न जनमतको निर्देशन

आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउन यस्तो उपाय अवलम्बन गरिएको जनमतको दावी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते २१:३७

१४ पुस, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले हरेक दिन सामाजिक सञ्जालमा पार्टी वा पार्टी नेतृत्वबारे सकारात्मक पोष्ट गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले सामाजिक सञ्जाल (फेसबुक, एक्स वा टिकटक आदि)मा पार्टी वा नेतृत्वको विषयमा प्रत्येक दिन कम्तीमा एउटा सकारात्मक पोस्ट गर्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिएको हो ।

आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउन यस्तो उपाय अवलम्बन गरिएको जनमतको दावी छ ।

बैठकपछि केन्द्रीय सचिवालयका प्रमुख राजेशकुमार मण्डलले जारी गरेको विज्ञप्तिमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूले सो पोस्ट गरे–नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

त्यसरी पोष्ट गर्दा तोकिएको मापदण्ड पूरा नगर्नेको जिम्मेवारी एक तह घटुवा गर्ने वा जिम्मेवारीबाट हटाउनेसम्मको सिफारिस समितिले गर्न सक्ने उल्लेख छ ।

बैठकले पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरुद्धमा अभिव्यक्ति दिने, बोल्ने/लेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्नसमेत बन्देज लगाएको छ ।

‘पार्टीका कमीकमजोरीहरू वा पार्टीका पदाधिकारी, सभासद् वा मन्त्रीहरूविरुद्ध कुनै कुरा भएमा पार्टीका गुनासो सुन्ने सम्बन्धित पदाधिकारी समक्ष, वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्नु पर्दछ, वा लिखित रूपमा आफ्नो तहको समिति वा अन्तिममा केन्द्रीय अनुशासन समितिको ध्यानाकर्षण गराउनु पर्दछ,’ निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?