+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपामा मुकुल फर्काऊँ भन्नेलाई कार्कीको काउन्टर : उनी नहुँदा के समस्या पर्‍यो ?

रास्वपामा निष्कासित महामन्त्री मुकुल ढकाललाई फिर्ता बोलाउनुपर्ने भन्दै प्रश्न उठेपछि केन्द्रीय सदस्य गणेश कार्कीले आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १७:१२

१७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा निष्कासित महामन्त्री मुकुल ढकाललाई फिर्ता बोलाउनुपर्ने भन्दै प्रश्न उठेपछि केन्द्रीय सदस्य गणेश कार्कीले आपत्ति जनाएका छन् ।

पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई फिर्ता ल्याउनुपर्ने भन्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । त्यो पत्र रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य रहेको भाइबर ग्रुपमा समेत पठाइएको थियो ।

तर, त्यसमा जवाफ दिँदै कार्कीले ‘मुकुल नभएर पार्टीमा के समस्या पर्‍यो ?’ भन्दै प्रश्न गरेका छन् । ‘मुकुललाई अब पार्टीमा स्वीकार्नु भनेको उसले गरेका गलत गतिविधि, उसले लगाएका गलत आरोप र उसका गलत मनोवृत्ति सम्पूर्ण स्वीकार्नु हो’, कार्कीले भनेका छन्, ‘रास्वपा ती सबै कुकर्महरूको भारी बोक्न चाहँदैन ।’

‘हिजो बालेनसँग जुध्ने हो भन्दै विविधमा जबरजस्ती छलफल चलाएर निर्णय गराउने तर ईः सँग सहमति भएपछि त्यो निर्णय नै सार्वजनिक नगरी नागरिकका अगाडि पानीमाथिको ओभानो हुने उही मुकुल होइन ?’, उनले प्रश्न गरेका छन्, ‘सरकारमा जान पर्छ भन्दै केन्द्रीय समितिमा कसैलाई बोल्न समेत नदिने मुकुल होइन ? जसको प्रतिवाद शिशिरजीले तत्कालै गर्नु भएको होइन ?’

‘छलफलमा भएका निर्णयभन्दा गलत निर्णय कतिपल्ट लेखिएका छन् भन्ने हिसाब कसैले गरेको छ ? यो निर्णय गर्न भन्दै पहिले निर्णय भाइबर गरेर मुकुलले जस्तै बैठक गर्नु पर्ने हो अब फेरि ?’, कार्कीले थपेका छन्, ‘अहिले उसले नै सबै जोड्न सक्ने भन्ने भ्रम किन पालेको हो ? आफूले शक्ति र सत्ता चलाउन पाए सबै ठिक तर अलिकति तलमाथि हुने बित्तिकै सबै थोक बिगार्न ठिक्क पर्ने मनस्थिति भएको मान्छेले बनाउँछ भन्ने भ्रममा जयजयकार पनि सही हुन्छ ? यो गलत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?