काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । कन्सल्ट्यान्ट पेडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिशविक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो ।
बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र मेरुदण्डका समस्याको स्तरीय उपचारका लागि पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु गरेको नर्भिक अस्पतालले जनाएको छ ।
‘जन्मेदेखि १८ वर्ष तथा बालबालिका हुँदाखेरि सुरु भएका समस्याको उपचारका लागि यो सुरु गरिएको हो,’ कन्सल्ट्यान्ट पेडियाट्रिक अर्थोपेडिक सर्जन डा. देवले भने, ‘शिशु गर्भावस्थामा हुँदादेखिको परामर्शदेखि लिएर जन्मजात हुने समस्या, विकलाङ्गता तथा बालबालिकाको विकासमा हुने समस्या, हातखुट्टा तथा मेरुदण्डमा हुने समस्याबारेमा परामर्श तथा उपचार दिइन्छ ।’
अर्का कन्सल्ट्यान्ट पेडियाट्रिक सर्जन डा. ओडले नेपालमै पहिलो पटक नर्भिकमा पेडियाट्रिक अर्थोपेडिक सेवा विभाग स्थापना गरेर उपचार सुरु गरिएको जानकारी दिए ।
बालबालिकामा हड्डी भाँचिने, जोर्नी खुस्किने, लिगामेन्टको चोटको समस्या, जोर्नी तथा हड्डीमा हुने संक्रमणजस्ता समस्या आउन सक्ने भएकाले त्यसको निवारण तथा भविष्यमा आउन सक्ने समस्यासम्मको उपचार पेडियाट्रिक अर्थोपेडिक विभागमार्फत गरिने डा. ओडले बताए ।
 
                    










 २०८१ पुष  १८ गते १२:२८
                        २०८१ पुष  १८ गते १२:२८                     
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                                         
                             
                             
                                         
                            
प्रतिक्रिया 4