+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रविलाई आज छाड्ने तयारी, काठमाडौंमा आफैं उपस्थित हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २०:००

२५ पुस, काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिएका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज छाड्ने भएको छ ।

कास्की प्रहरी स्रोतका अनुसार उनलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो ।

स्रोतले अनलाइनखबरसँग भन्यो, ‘काठमाडौं लगायतका क्षेत्रमा अन्य मुद्दा भएता पनि कास्की अदालतको आदेशलाई सम्मान गर्दै भोलि उहाँ स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागेका छौं ।’

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

रास्वपा कोषाध्यक्ष दीपक बोहराले पनि सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए । प्रहरीले केहीबेरमा रविको स्वास्थ्य परीक्षण गरेर पार्टीको जिम्मा लगाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?