+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ११:१०

२ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताएका छन् ।

प्रतिपक्षी दलहरूको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेशमार्फत शासन गर्न लागेको बताएका हुन् । ‘सरकारले संसदको बैठक नबोलाएर अध्यादेशमार्फ़त शासन गर्न थाल्यो’, उनले भने, ‘सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले रोकेको विषयलाई हामीले गम्भीर ढंगले लिनूपर्छ ।’

उनले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवम् अनैतिक भएको आरोप लगाए ।

सरकार विकासभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको उनको भनाइ छ । सरकारले अहिले विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लागेको आरोपसमेत उनले बताए ।

जनताबाट डराएकै कारण यो वर्ष प्रधानमन्त्रीले ल्होछार, माघे सकराँती, नेपाल प्रिमियर लिग जस्ता उत्सवमा सहभागी हुन नसकेको उनको भनाइ छ ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?