५ माघ, काठमाडौँ । विराटनगर ब्यान्डिट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरूवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले पराजित गरेको हो। जितसँगै विराटनगरले पाँच अंक जोडेको छ।
विराटनगरले खेलको सुरूवातदेखि नै अग्रता लिएको थियो। धनगढी पहिलो हाफमै दुईपटक अलआउट भएको थियो। सात मिनेटमै ११–६ हुँदा धनगढी पहिलोपटक अलआउट भयो। त्यसपछि २३–१४ मा पुन धनगढी अलआउट भयो।
पहिलो हाफमा २४–१६ को अग्रता बनाएको विराटनगरले खेलमा आफ्नो अग्रता फराकिलो बनाउँदै खेलमा ४६–३४ को फराकिलो जित हासिल गर्यो।
दोस्रो खेलमा जनकपुरको जित
त्यसैगरी जनकपुर नाइट्सले पनि एनकेएलमा विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न दोस्रो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गरेको हो। जितसँगै जनकपुरलेले पाँच अंक जोडेको छ।
खेलमा हिमालयनले सुरूवाती अग्रता लिएको भएपनि त्यसपछि लगातार तीन अंक गुमाउँदै ३–१ ले पछि पर्यो । ३–३ को बराबरी खेल्दै हिमालयनले पुनरागमन गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन ।
१४–८ को अवस्थामा खेलको १२ मिनेटमा हिमालयन अलआउट भयो। त्यसपछि खेलमा केहि सुधारिएको प्रदर्शन गर्दै पहिलो हाफमा १८–११ को अवस्थामा सकायो।
दोस्रो हाफको १३औं मिनेटमा २७–१३ को अवस्थामा हिमालयन दोस्रो पटक अलआउट भयो। कुनै समय जनकपुरले ३०–१५ को अग्रता बनाएको थियो।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4