१७ माघ, काठमाडौं । स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलामा १ सयले गिरावट आएर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार तोलाको १ लाख ६० हजार ६ सयमा किनबेच भएको थियो । मंगलबार भने १ लाख ५९ हजार २ सय रुपैयाँ थियो ।
तर, चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार १ हजार ८ सय ५५ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4