 
																			१८ माघ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुई तिहाईको बलमा अहिलेको सरकारले संसद्को हुर्मत लिने प्रयास भइरहेको जिकिर गरेका छन् ।
शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्माथि नै विश्वास नभएको बताए ।
अहिलेको सरकार जनादेश विपरित काम गरिहेको उनको भनाइ थियो ।
‘प्रधानमन्त्रीले भन्नुभयो यो संसद्ले कामै गरेन । म सोध्न चाहन्छु–संसद्को सबै पद त तपाईंहरुले बाँडफाँट गर्नुभयो, तपाईंहरुले आफ्नो पकेटबाट सभामुख, उपसभामुख बनाउनुभयो,’ साहले भने, ‘सांसदहरूको भागबण्डा पनि तपाईंहरूले लगाउनुभयो, दुई तिहाईको उपस्थिति पनि तपाईंहरूकै छ, अनि संसद्ले काम गरेन भनेर यहाँ आएर संसद्को हुर्मत लिनुहुन्छ ?’
अहिलेको सरकारको जन्म नै मध्यरातमा भएकोले अहिले नेपाली समाज अन्धकारमा परेको टिप्पणी समेत उनले गरेका छन् ।
सरकारले देशलाई अँध्यारो सुरूङमार्गमा देशलाई छिराउने काम गरेको आरोप लगाए ।
‘विधि र विधानलाई नमान्ने सरकारलाई लोकतन्त्र भन्न मिल्छ ? संसद्बाट डराउनेलाई लोकतन्त्र भन्छ ?,’ उनले भने, ‘अध्यादेशको बाटोबाट हिँड्नेलाई लोकतन्त्र भन्छ ? तपाईं कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4