+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
144/4 (17.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

सांसद् सिंहले पाेखे सर्लाहीमा नदी कटानको पीडा

११ वर्ष बितिसक्दा पनि ब्यारेज बनेन

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले बागमती नदीको कटानले सर्लाहीका जनता वर्षौंदेखि पीडामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १५:०२

२४ माघ, काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले नदी कटानले वर्षौंदेखि सर्लाहीका जनता पीडामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बालेका सिंहले बागमती नदीको कारण सर्लाहीका जनताको बिजोक हुँदै आएको बताएका हुन् ।

‘बागमती नदीको कारणले सर्लाही बरथहवा नगरपालिकाका वडा नम्बर १, २, ४, १३ र १४ कटान हुँदै आएको छ । नदी कटानले गाउँलेको बिजोक छ,’ उनले भने, ‘वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराइरहेको छु, तर, अहिलेसम्म सुनिएको छैन ।’

सरकारको ध्यान जनताका दूःख अन्त्य गर्न भन्दा मन्त्रीक्वार्टर बनाउनेतिर रहेको उनले टिप्पणी गरे ।

कांग्रेसका पूर्वनेता रहेका सिंहले ११ वर्ष बितिसक्दा पनि सर्लाहीको धनकौलमा नदीको ब्यारेज नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘२०७० सालमा पनि सरकार कांग्रेसको थियो । प्रधानमन्त्री सुशील कोइरालाले सर्लाही क्षेत्र नम्बर ४ धनकौल गाविसमा रहेको नदीमा ब्यारेज शिलान्यास गर्नुभएको थियो । जम्मा १०, १२ करोडको लागत रहेको ब्यारेज ११ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । अहिले पनि कांग्रेसकै मन्त्री हुनुहुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?