 
																			३० माघ, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सुचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेशहरू अहिले नै पास वा फेल हुने भन्नेबारे परिस्थिति नरहेको बताएका छन् ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘यी सबै अध्यादेशहरू हामीले संसद्मा टेबल गरिसकेका छौं । यसमा राजनीतिक दलहरूकोबीचमा छलफल चलिरहेको छ,’ उनले भने, ‘सकभर राष्ट्रियसभाबाट पनि पारित गर्न चाहन्छौं । अहिले नै यो पास र फेल हुने भयो भन्ने परिस्थिति छैन ।’
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट उक्त अध्यादेश पारित हुनुपर्ने भएकाले राजनीतिक दलहरूबीच सहमति खोज्ने काम भइरहेको उनले बताए ।
‘प्रतिनिधिसभा र राष्ट्रिय सभाबाटै पास हुनुपर्छ । राजनीतिक दलहरूबाट सहमतिको प्रयास भइरहेको छ,’ उनले भने ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4