+

तेस्रो संस्करणको एनएसएलमा ७ टिम, इलाम र वीरगंजले नखेल्ने

२०८१ फागुन  १ गते १८:३६ २०८१ फागुन १ गते १८:३६
तेस्रो संस्करणको एनएसएलमा ७ टिम, इलाम र वीरगंजले नखेल्ने

१ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेने भएका छन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार तेस्रो संस्करणको लागि अक्सन मिति र सहभागि टिमको नाम सार्वजनिक गरेको छ ।

यसअघि पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा टिम संख्या बढाएर ९ पुर्‍याइएको थियो । तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका छन् ।

दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संस्करणमा सहभागि नहुने भएपछि टिम संख्या घटेको हो । यसअघि पहिलो संस्करणमा खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन । दोस्रो संस्करणमा ३ टोली थपिएका थिए । त्यही थपिएको मध्ये इलाम र वीरगंजले अर्को संस्करण नै नखेल्ने भए । दोस्रोमा थपिएकव झापाले भने खेल्ने भएको छ ।

यस्तै पहिलो संस्करणक खेलेका ६ टोली काठमाडै रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी सहित दोस्रो संस्करणमा थपिएको झापा एफसीले तेस्रो संस्करण खेल्नेछन् ।

आयोजक एनएसइएमका एमडी श्रेयांश कार्कीले दुबै टिमले एक सिजन फुटबलमा लगानी गरेकोमा धन्यवाद दिए । दुई टिमको ठोस योजना नभएको र गाइडलाइनअनुसार पनि नभएकोले यस पटक दुई टिम बाहिरिएको बताए ।

‘उहाँहरुले एक सिजन इनेभस्ट गर्नुभयो । तर ठोस योजना भएन । त्यसैले यस पटक ७ टिमले मात्र खेल्नेछ । हामीले टिम पनि नथप्ने निर्णय गर्‍यौँ ।’ कार्कीले अनलाइनखबरसँग भने ।

अहिले ए क्याटेगोरीका लागि नै खेलाडीहरुको संख्या पनि कम भएकोले टिम नथप्ने निर्णय गरेको उनले बताए । कार्कीले नेपाली पुटबलको अवस्था हेरेर नै टिमको संख्या निर्धारित हुने बताए । ‘कति टिमले खेल्ने भन्ने विषय ओभरटाइम चेन्ज हुँदै जान्छ । अर्को पटक एक टिम थपिएर ८ टिम हुन पनि सक्छ । नथपिन पनि सक्छ।’ उनले भने, ‘एनएसएलमा के भइराछ भन्दा पनि नेपाली फुटबलमा के भइराट भन्ने हुन्छ । नेपाली फुटबल ग्रोथ भयो भने पछि १० टिमसमम पनि  पुग्ला ।’

तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ बाट सुरु हुँदैछ । अक्सन फेब्रुअरी २२ मा हुनेछ ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय