 
																						प्रतीकात्मक तस्वीर								
											६ फागुन, काठमाडौं । चितवन र कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चितवनको माडी नगरपालिका-४ खैरहनीमा घर नजिकैको खाल्डोको पानीमा डुबेर ३ वर्षीया मनिषा न्यौपाने र कैलालीको गोदावारी नगरपालिका-१ का ३ वर्षीय पियुस बिक रहेका छन् ।
मंगलबार दिउँसो घर नजिकै रहेको पानीको खाल्डोमा डुब्दा मनिषा गम्भीर भएकी थिइन् । उनको उपचारका क्रममा बघौडा अस्पताल माडीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पियुस पनि घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर मंगलबार दिउँसो गम्भीर भएका थिए । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै स्थानका घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4