+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रोल्पाको माडीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका-५ का ३६ वर्षीय जिते कुमार रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १३:०१

७ फागुन, काठमाडौं । रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका-५ का ३६ वर्षीय जिते कुमार रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार माडी गाउँपालिकामा-४ टुपबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर मंगलबार राति घर्तीगाउँस्थित सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको थियो ।

सडकदेखि करिब ७० मिटर तल चालक जिते मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीले जानकारी दिए । उनका अनुसार टिप्परमा चालक मात्रै रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?