 
																			७ फागुन, काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएड) को सहयोगमा सञ्चालित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम प्रभावित हुने भएको छ ।
मन्त्रालयका अनुसार यूएसएडले १७ मिलियन डलर (नेपाली विनिमय दरअनुसार दुई अर्ब ३६ करोड ३० लाख रुपैयाँ) सहयोग गरिरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि यूएसएडका कार्यक्रम रोकेपछि नेपालको शिक्षाका कार्यक्रम प्रभावित भएको हो ।
यूएसएडबाट आएको रकमलाई शिक्षा मन्त्रालयले ‘स्कुल एजुकेसन सेक्टर प्लान’ (एसइएसपी) मार्फत खर्च गरिरहेको थियो । एसइएसपी कार्यक्रममा यूएसएडको मात्र नभई सबै दातृ संस्थाबाट आएको रकमलाई एउटै बकेटमा राखेर मन्त्रालयले काम गर्दै आएको छ ।
‘सबै डोनरहरूको सहयोग एउटै बकेटमा राखेर काम गरिरहेका छौं । यूएसएडको पनि यसैमा समावेश हुने भएकाले तय भएका कार्यक्रममा असर पर्छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘बजेट संचरनामा असर पर्ने भयो ।’
तत्कालका लागि रोकिएको नभई ‘होल्ड’ भनेकाले अमेरिकाले सकारात्मक निर्णय गर्ने प्रतीक्षामा रहेको बताउँछन् प्रवक्ता सापकोटा । ‘सरकारले सम्झौता गरेर अर्थ मन्त्रालय मार्फत आउने हो । तत्काललाई होल्ड भनेकाले अमेरिकाले सकारात्मक निर्णय गर्ने पर्खाइमा छौं,’ प्रवक्ता सापकोटाले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4