+
+
Shares

सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १५:५७

११ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएको छ । आइतबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै उपसभापति डोल प्रसाद (डिपी) अर्यालले यस्तो चुनौती दिएका हुन् ।

‘दुई दलको दम्भले होइन निति र विधिबाट छानबिन गरौं । त्यसपछि थाहा हुन्छ, आफ्नालाई नजोगाएर देखाउ अनि थाहा हुन्छ हामीले किन छानबिनको माग गरेका छौं,’ उनले भने ।

उपसभापति अर्यालले राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरूको सम्पति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन पनि माग गरेका छन् । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन म आग्रह पनि गर्दछु,’ उनले भने ।

तर, सरकार सत्तारुढ दलका नेता जोगाउनेमा केन्द्रित रहेको दोहोर्‍याए । उनले भनेका छन्, ‘सहकारीको प्रतिशोध हो कि होइन भन्ने विषय आफ्ना नेताहरूमाथि छानबिन सुरु गरौं त्यसपछि थाहा हुन्छ, प्रमाणित हुनेछ,’ उनले भने ।

आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधका आधारमा दुःख दिने काम भएको उनले बताए । यसको आधारमा सत्तारुढ दलका नेतामाथि छानबिन नहुने प्रवृति नै रहेको उनको भनाइ छ ।

संसदमा प्रश्न उठेपछि आफ्नो पार्टीका सभापतिमाथि छानबिन समिति बनेको उनले स्मरण गरे ।

‘बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, प्रहरी महानिरीक्षकबाटै समेत संलग्नता छैन भन्दा भन्दै पनि सदनमा प्रश्न उठेपछि हामीले हाम्रो पार्टीको सभापतिबारे छानबिन तयार भयौं । हाम्रो पार्टीको सभापतिमाथि छानबिन भयो र हामी आदालततिर कानुनी लडाईंमा छौं,’ उनले भने ।

यसैगरी आरोप लागेका नेताहरूमाथि वर्तमान सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएर छानबिन गरिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?