+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नाबालिका हिंसा घटनाबारे अभिलेख महानगरले आयोगलाई बुझायो

आइतबार दिउँसो महानगर टोली आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर आयोगका सचिव मुरारीप्रसाद खरेललाई उक्त अनुसन्धान फाइल बुझाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १७:४२
मानवअधिकार आयोगलाई अनुसन्धान फाइल हस्तान्तरण गर्दै महानगर टोली ।

११ फागुन, काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमाले सांसद रेखाकुमारी शर्माले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको घटनाबारे संकलित अभिलेख काठमाडौं महानगरपालिकाले मानवअधिकार आयोगलाई बुझाएको छ ।

आइतबार दिउँसो महानगर टोली आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर आयोगका सचिव मुरारीप्रसाद खरेललाई उक्त अनुसन्धान फाइल बुझाएको हो ।

फाइल बुझ्दै आयोग सचिव खरेलले मानव अधिकार हनन भएको अवस्थामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गरी आफू अनुकूल बनाउन नहुने, त्यसको मारमा कोही बालबालिका पर्न नहुने तर्फ मानव अधिकार आयोग सचेत रहेको बताउँदै आयोगले निष्पक्ष भई छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी प्रदेश सांसद शर्माले नाबालिकालाई बन्धक बनाइ दास बनाएको कसुरमा सरकार पक्षले नै मुद्दा नचलाउने निर्णय भएपछि मानव अधिकार आयोगले स्वविवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेपछि महानगरलाई समेत अनुसन्धानमा जोडेको हो ।

आयोगले अनुसन्धानका क्रममा महानगरको तर्फबाट सम्पादित कार्य, प्रतिवेदन लगायत अभिलेख माग गरेको थियो । सोही माग अनुसार महानगरले तीन दिनभित्रै सम्पूर्ण कागजात संलग्न गरी १२० पृष्ठको अभिलेख आयोगलाई पेस गरिएको महानगर प्रमखुको सचिवालय सदस्य धिरज जोशीले जानकारी दिए ।

फाइल बुझाउँदै जोशीले यो प्रकरणमा महान्यायाधिवक्ताको समेत स्वार्थ जोडिएको भन्दै ‘महानगरपालिका विरुद्धमा एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा आसिन रहेकाले मुद्दा नचलाइएको’ जानकारी गराए ।

हालका महान्यायाधिवक्ता रमेश बडालले पीडित बालिकालाई महानगरपालिकाले अपहरण गर्‍यो भनेर दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा पक्षबाट बहस गरेका थिए ।

पीडित बालिकाको सरकारी वकिल कार्यालय, काठमाडौ र उच्च सरकारी वकिलको कार्यालय, पाटनको निर्णयले मुद्दा  नचलाउने निर्णय गरेको हो ।

काठमाडौं महानगरको तर्फबाट बाल कल्याण अधिकारीमार्फत गत ३० जेठमा बालबालिका विरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?