 
																			१३ फागुन, विराटनगर। मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालय सरेको छ। कानेपोखरी गाउँपालिका-६ रमाइलोमा रहेको कार्यालय कानेपोखरी गाउँपालिका– ५ मा सरेको हो ।
कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु अब कानेपोखरी गाउँपालिका– ५ भौसाबारी स्थित ५ नम्बर वडा कार्यालयको भवनबाट प्रवाह हुनेछ।
तत्कालिन बयरबन गाबिसको सदरमुकाम बयरबन बजार थियो। बयरबनबाट रमाइलोमा सारिएको थियो। स्थानीय तह गठन हुँदा बनेको कानेपोखरी गाउँपालिकाको कार्यालय पनि रमाइलोमा नै राखिएको थियो ।
स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी राजमति इङनामले प्रशासनिक भवन पायक पर्ने स्थान भौसबारीमा सार्ने प्रतिवद्धता जनाएकी थिइन्। त्यसपछि २०८० बैशाख १७ गतेको गाउँसभाले मतदान गरी गाउँपालिकाको केन्द्र सार्ने प्रस्ताव पारित गरेको थियो।
त्यसपछि पालिकाले कार्यालय सार्नका लागि मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । गत पुस १६ गतेको बसेको मन्त्रीपरिषद् बैठकले कार्यालय सार्न स्वीकृत दिने निर्णय गरेको थियो। जसको सूचना माघ ७ गते राजपत्रमा प्रकाशित भयो।
फागुन १३ गते बसेको कार्यपालिका बैठक फागुन १५ गते बिहीबारबाट कानेपोखरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु अर्को व्यवस्था नभएसम्म तत्कालका लागि कानेपोखरी गाउँपालिका-५ भौसाबारी स्थित ५ नम्बर वडा कार्यालयको भवनबाट प्रवाह गर्ने निर्णय गरेको हो।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4