+
+
Shares

२ महिनादेखि दाल–गेडागुडीको भाउ ओरालो, किलोमै ५० सम्म घट्यो

सरकारले अग्रिम कर घटाएपछि दाल र गेडागुडीको भाउ दुई महिना अवधिमा प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म घटेको नेपाल चामल, तेल, दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवाल बताउँछन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८१ फागुन २१ गते २०:२४

२१ फागुन, काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य खाद्य सामग्रीको भाउ घट्न थालेका खबरले उपभोक्तामा खुसी सञ्चार भइरहेको छ ।

पछिल्लो चार महिनायता नेपालीको भान्सामा अनिवार्य रहेको चामलको भाउ निरन्तर ओरालो लागेको खबर सार्वजनिक हुँदा जसरी उपभोक्ता खुसी छन्, त्यसैगरी खुसी बनाउने अर्को खबर आएको छ ।

नेपालीको भान्सामा धेरै खपत हुने खाद्यवस्तुमा पर्छ दाल तथा गेडागुडी । हो, दाल तथा गेडागुडीको भाउ पनि घटिरहेको छ । तर, अहिले भर्खरैदेखि होइन, पछिल्लो दुई महिनायता भाउ घटिरहेको सम्बद्ध व्यवसायी बताउँछन् ।

खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले दाल तथा गेडागुडीको भाउ घटिरहेको जानकारी दिए ।

‘दाल तथा गेडागुडीको भाउ दुई महिनायता निरन्तर घटिरहेको छ,’ तुलाधरले अनलाइनखबरसँग भने, ‘यो पनि उपभोक्ताका लागि खुसीको खबर हो ।’

बजारमा दाल तथा गेडागुडीको भाउ घटेको खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकले देखाउँछ ।

खुद्रा व्यापार संघले हेरक महिना महिना पहिलो दिन र १५औं दिनमा खाद्यवस्तुको उपभोक्ता खुद्रा मूल्य सार्वजनिक गर्ने गर्छ ।

संघका अनुसार फागुन महिनामा १५ दिनअघिको तुलनामा रहर दाल अहिले किलोमा १० रुपैयाँ घटेको छ । १ फागुनमा किलोको २ सय ६० रुपैयाँ रहेको रहर दाल १५ फागुनमा २ सय ५० मा झरेको छ ।

संघका अनुसार मासको दालमा ५ रुपैयाँ घटेको छ । दुई साताअघि २ सय ५ मा रुपैयाँ किलो पर्ने मासको दाल अहिले अहिले भने २ सयमै किन्न पाइन्छ ।

उता, मुसुरो दालको भाउ पनि ओरालो लागेको छ । बजारमा मुसुरो दाल १ नम्बर र २ नम्बर गरी दुई थरीको पाइन्छ ।

दुई साताअघि १ नम्बर मुसुरो दाल एक किलो किन्न १ सय ७० रुपैयाँ तिर्नुपर्थ्यो भने २ नम्बरलाई १ सय ६० रुपैयाँ । तर, अहिले उपभोक्तालाई थारै भए पनि राहत भएको छ । १ नम्बर मुसुरो किलोको १ सय ६५ र १ नम्रको १ सय ५० रुपैयाँ तिरे पुग्छ ।

त्यस्तै गेडा मुगी, छाटा मुगी र चना दालको भाउ चाहिँ यथावत छ । हाल गेडा मुगी १ सय ७० रुपैयाँ तथा छाटा मुगी र चना दाल १ सय ८० रुपैयाँ किलोमा पाइन्छ ।

पुस र माघ महिनामा गरी मुसुरोको दालमा ८ देखि १० रुपैयाँ घटेको छ । यस्तै मासको दालमा २५ रुपैयाँ र रहर दालमा ५० रुपैयाँ घटेको छ ।

नेपालमा दाल उत्पादन परिमाण सामान्य हुने गर्छ । त्यही भएर दक्षिणी छिमेकी भारत लगायत देशबाट नेपालले दाल आयात गर्दै आएको छ ।

६ मंसिर २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले दाल तथा गेडागुडी आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर घटाएर २.५ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।

सरकारले अग्रिम कर घटाएसँगै दाल तथा गेडागुडीको मूल्य ७.५ प्रतिशतले घटेको हो ।

सरकारले अग्रिम कर घटाएपछि दाल र गेडागुडीको भाउ दुई महिना अवधिमा प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म घटेको नेपाल चामल, तेल, दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवाल बताउँछन् ।

उनका अनुसार पुस र माघ महिनामा गरी मुसुरोको दालमा ८ देखि १० रुपैयाँ घटेको छ । यस्तै मासको दालमा २५ रुपैयाँ र रहर दालमा ५० रुपैयाँ घटेको छ ।

चाडबाड सकिएपछि भाउ ओरालो

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ चाडपर्व सकिएपछि दाल तथा गेडागुडीको मूल्य क्रमशः घट्दो क्रममा रहेको बताउँछन् ।

‘यतिबेला महँगी छ भनेर पीर मानिरहनु परेको छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘भान्सामा प्रयोग हुने धेरै खाद्यान्नको मूल्य अहिले घटेको छ, यो हाम्रा लागि खुसीको कुरा हो ।’

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम कर लगाएपछि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य भएका थिए ।

उनका अनुसार यतिबेला भारतीय बजारमा नै दाल तथा गेडागुडीको भाउ घटेको छ । सरकारले दालजन्य खाद्यान्नमा लगाएको अग्रिम कर घटाएसँगै मूल्य पनि घट्दै गएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम कर लगाएपछि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य भएका थिए ।

तर, ६ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले दाल तथा गेडागुडी आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर घटाएर २.५ प्रतिशत कायम गरेपछि उपभोक्तालाई थप सहज भएको हो ।

‘दुई महिनादेखि लगातार दाल तथा गेडागुडीको भाउ घटेको खबरले उपभोक्ताहरू खुसी त हुने नै भए,’ उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘धेरै समयको अन्तरालमा बजार भाउ घटेको सुन्न पाउँदा हामी पनि हर्षित छौं ।’

काठमाडौं बुद्धनगरस्थित भट्टराई किराना स्टोरका सञ्चालक रामप्रसाद भट्टराई दाल र गेडागुडीको भाउ केही घटेको भए पनि व्यापार भने खासै नभएको बताउँछन् ।

‘गेडागुडी र दाल पनि दुई थरीका छन्, त्यसै अनुसार यसको भाउ निर्धारण हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

उनका अनुसार दाल र गेडागुडीमा २० देखि ३० रुपैयाँसम्म मात्रै भाउ घटेको छ । अहिले दुई प्रकारको मुसुरोको दाल छ । १ नम्बर मसुरोको दालको भाउ किलोको १ सय ४० रुपैयाँ छ र २ नम्बर मुसुरोको दाल किलोको १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यस्तै मासको दाल किलोको २ सय ३० देखि २ सय ५० रुपैयाँमा बिक्री भइरहेको उनले बताए ।

उनका अनुसार चना किलोको १ सय ४० देखि १ यस ४५ रुपैयाँ, केराउ १ सय ५० र राजमा २ सय ५० देखि ३ सय रुपैयाँसम्म बिक्री गरिरहेको उनी बताउँछन् ।

खुद्रा व्यापार संघको तथ्यांकमा गत आव जेठ पहिलो साता तीन प्रकारका केराउको भाउ किलोको १ सय ४० देखि २ सय २५ रुपैयाँसम्म रहेको उल्लेख छ ।

त्यस्तै साउन पहिलो साता आइपुग्दा केराउको मूल्य किलोको १ सय ६५ देखि २ सय १० रुपैयाँसम्म पुगेको थियो ।

उता, चनाको भाउ गत जेठमा प्रतिकिलो १ सय २५ रुपैयाँ थियो भने साउनमा बढेर १ सय ६० रुपैयाँ पुगेको थियो । राजमाको भाउ जेठमा किलोको २ सय ३० रुपैयाँ हुँदा साउनमा बढेर २ सय ६० पुगेको तथ्यांकमा उल्लेख छ ।

गत आव २०८०/८१ जेठ पहिलो साता रहर दाल किलोको २ सय ३० रुपैयाँमा बिक्री भएको थियो भने चालु आर्थिक वर्ष साउन पहिलो साता एकैचोटि ३ सय २० रुपैयाँ पुगेको थियो । दुई महिनामै रहर दालको भाउमा ९० रुपैयाँले भारी वृद्धि भएको थियो ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?