
२५ फागुन, काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ ।
आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने छ ।
महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ । बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।
यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।
बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4