 
																			२९ फागुन, काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा १९ जना विद्यार्थी सहभागी हुँदैछन् । कारागारभित्र रहेको जगन्नाथ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् ।
कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १ जना महिला र १८ जना पुरुष परीक्षार्थी छन् । यो वर्षको एसईईको परीक्षा ७ चैतबाट सुरु हुँदैछ ।
‘एसईई परीक्षाको तयारी भइरहेको छ । परीक्षा केन्द्र यहीँ हुन्छ । परीक्षाको लागि केन्द्राध्यक्ष भने परीक्षा बोर्डले खटाएको हुन्छ,’ कटुवालले भने ।
गत वर्षको एसईईमा २५ जना विद्यार्थी सहभागी भएका थिए । सबै विद्यार्थी उत्तीर्ण भएका थिए । उक्त विद्यालयमा पढ्ने र पढाउने दुवै कैदी नै हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4