५ चैत, काठमाडौं । उर्जन श्रेष्ठ नेपाली यू-१९ पुरुष फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
भारतमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुने साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ को लागि एन्फाले मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त गरेको हो ।
एन्फा महासचिव किरण राईले मंगलबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र प्रदान गरेका छन् ।
प्रशिक्षक श्रेष्ठले यसअघि नेपालमै भएको साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटमा पनि नेपाली युवा को प्रशिक्षण सम्हालेका थिए ।
साफ यू-१९ च्याम्पियनसिपमा नेपाल, आयोजक भारत र श्रीलंका समूह बी मा छन् । समूह ए मा बंगलादेश, भुटान र माल्दिभ्स छन् ।
प्रतिक्रिया 4