+
+
Shares

पाटन अस्पतालबाट फरार बलात्कार मुद्दाका थुनुवा कञ्चनपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते २०:४५

७ चैत, काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका थुनुवा कञ्चनपुरमा फेला परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पहिचान गरेर फरार थुनुवाबारे कञ्चनपुर प्रहरीलाई जानकारी गराएको थियो ।

लगत्तै आज कञ्चनपुरको टोलीले ती थुनुवा पक्राउ गरेको हो ।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद फरार भएका थिए ।

थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।

सो क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन् । उनी झ्यालबाट हाम्फालेर भागेका थिए ।

१९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् ।

विवाह गर्ने उमेर समेत नहुँदा आफूखुसी विवाह गरेर बच्चा समेत जन्माएको अवस्था रहेको प्रहरीको भनाइ छ । आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् ।

त्यसपछि साउद पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?