 
																			१० चैत, काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ ।
५ चैतमा विवाद भएपछि यी २ क्याम्पसमा आज मतदान भएइरहेको हो । ‘शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ’, अमृत साइन्स क्याम्पसक्रा प्रमुख होमबहादुर बानियाँले भने ।
इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए । बिहान ८ बजेदेखि मतदान जारी छ ।
उता पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि मतदान भइरहेको छ ।
क्याम्पस प्रमुख हरि प्रसाद पाठकका अनुसार मतदानमा कुनै समस्या छैन । ‘बिहानदेखि नै शान्तिपूर्ण मतदान भइ रहेको छ’, उनले भने ।
विवाद भएपछि अन्तिम समयमा पृथ्वीनारायण क्याम्पसमा पनि ५ चैतमा मतदान रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4