१४ चैत, काठमाडौं । कृपाकान्त महतो थारुले इन्जुरी टाइममा गरेको गोलमा वीरगंज युनाइटेडले सहीद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबसँग हार टारेको छ ।
लिग अन्तर्गत बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वीरगंज र श्री भगवतीले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
विक्रान्त नरसिंह रानाले ३१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । लगातार तेस्रो जितनजिक पुगेको श्री भगवतीले अन्तिम समयमा सम्हालिन नसक्दा गोल व्यहोरेको हो । वीरंगजका लागि कृपाकान्तले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए ।
श्री भगवतीको यो पहिलो बराबरी हो । श्री भगवतीले यसअघि आरसिटी र र ब्रिगेड ब्वाइन क्लबलाई पराजित गरेको थियो । बराबरीपछि श्री भगवतीको तीन खेलबाट ७ अंक भएको छ ।
लिगमा वीरगंज युनाइटेडको दोस्रो बराबरी हो । पहिलो खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको वीरगंज युनाइटेडले दोस्रो खेलमा श्रीकुमारी क्लबलाई पराजित गरेको थियो ।
वीरंगज युनाइटेडले तीन खेलमा ५ अंक जोडेको छ ।
प्रतिक्रिया 4