 
																						धवल शम्शेर राणा । फाइल फोटो								
											१५ चैत, काठमाडौं । राप्रपाका नेता धवल शम्शेर जबराले राजावादीहरूलाई उक्साउँदै निषेधित क्षेत्र तोड्न आह्वान गरेका छन् ।
नयाँबानेश्वरस्थित संसद भवनतर्फ तोकिएको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा तितरवितर भएकाहरुलाई राणाले एकत्रित हुन र निषेधित क्षेत्र तोड्न आह्वान गरेका हुन् ।
प्रहरीले बल प्रयोग गरेपछि राजावादी नेताहरु सभास्थल छाडेर हिँडेपछि प्रदर्शनकारी अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।
त्यसको केहीबेरमा दुर्गा प्रसाईं मञ्चमा पुगेर नेता र राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन माइकबाट आह्वान गरेका थिए ।
अहिले धवल शम्सेर राणाले आफ्ना समर्थकहरुलाई एकत्रित हुन र निषेधित क्षेत्र तोड्न उक्साइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4