+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

डा. जगमान गुरुङ नेतृत्वको आन्दोलनमा राप्रपा नेपाल सक्रिय सहभागी हुने

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले डा. जगमान गुरुङ संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन’ समितिले आयोजना गर्ने ‘प्रतिबद्धता सभा’ मा सहभागी हुन सबै राष्ट्रवादी पक्षधरलाई आह्वान समेत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १७:४३

२५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले डा. जगमान गुरुङ नेतृत्वको संयुक्त जनआन्दोलन समितिले २७ चैतमा आयोजना गर्ने ‘प्रतिबद्धता सभा’ सफल पार्न सक्रिय सहयोग गर्ने भएको छ ।

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले डा. जगमान गुरुङ संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन’ समितिले आयोजना गर्ने ‘प्रतिबद्धता सभा’ मा सहभागी हुन सबै राष्ट्रवादी पक्षधरलाई आह्वान समेत गरेको छ ।

बैठकले १५ चेतमा काठमाडौंको तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षडयन्त्र गरेको निष्कर्ष राप्रपा नेपालको छ ।

१५ चैतमा भएको गोली कान्ड, सविन महर्जन र पत्रकार सुरेश रजकको दु:खद मृत्यु, म्याद गुज्रिएको टियर ग्यासको प्रयोग, लुटपाट, आगजनी र प्रशासनिक दमनका बारेमा निष्पक्ष छानबिनको निम्ति उच्चस्तरिय न्यायिक आयोग गठन गर्न समेत राप्रपा नेपालले माग गरेको छ ।

हिन्दूराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको पुनर्स्थापना गर्न तथा विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त बनाउन डा. गुरुङ नेतृत्वको समितिलाई पूर्ण रूपले सहयोग र समर्थन गर्ने निर्णय राप्रपा नेपालले गरेको छ ।

१५ चैतमा कुनै अराजक गतिविधिमा संलग्न नरहेका बरु परिस्थितिलाई नियन्त्रण भन्दा बाहिर जान नदिन तथा भीडलाई संयमित हुन सार्वजनिक आह्वान गरिरहेका डा. धवल शमशेर राणा, रविन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, आशिष तामाङ लगायतलाई झुठा मुद्दा लगार्इ थुनामा राखिएको भन्दै राप्रपा नेपालले सबैलाई तत्काल रिहा गर्न सरकारसँग माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?