+
+
Shares

धरानको जंगलमा मृत भेटिएकी महिलाको परिवारका चार जना नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १३:०१

२९ चैत, विराटनगर । सुनसरीस्थित धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र महिलाको शव फेला परेको थियो । बिहीबार मृत भेटिएकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको थियो ।

महिलाको पहिचान खुलेपछि प्रहरीले शुक्रबार बिहान अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चुनकुमारीको योजनाबद्ध रुपमा हत्या भएको देखिन्छ ।

धनकुटा घर भए पनि पछिल्लो २ वर्षयता उनी १३ वर्षीय छोरासँग इटहरीमा डेरा बस्दै आएकी थिइन् ।

उनका श्रीमान् प्रेमबहादुर वैदेशिक रोजगारीका लागि कोरियामा छन् ।

महिलाको हत्यामा परिवारकै संलग्नता हुनसक्ने देखिएपछि अनुसन्धानका लागि मृतकको देवर र देउरानीसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ ।
तर, पक्राउ परेकाहरूको प्रहरीले पहिचान भने खुलाएको छैन ।

प्रहरीका अनुसार चुनकुमारीको पतिसँग सम्बन्ध राम्रो थिएन । घरमा सम्पति सम्बम्धी विवाद थियो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । घटनाबारे सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिइएको उनले बताएका छन् ।

प्रहरीका अनुसार जंगलमा महिलाको हत्यापछि लसुनेको रुखको फेदमा शवलाई अडेस लगाएर छाडिएको अवस्थामा फेला गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?