+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते १५:१०

६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ,’ पछिल्लो पटक राजतन्त्र फर्काउने प्रयासस्वरुप भइरहेका विभिन्न आन्दोलनलाई लक्षित गर्दै प्रचण्डले भने, ‘त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । त्यो सफल हुने छैन ।’

साथै, उनले नेवाः राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनले देशभरका नेवारहरूको एउटा सम्मेलनमार्फत सरकारका गलत क्रियाकलापलाई खबरदारी समेत गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?