 
																						९ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए ।
सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्दैछ ।
परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । ‘परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो, ‘बोर्डको बैठक बसेर मात्रै तालिका तय हुन्छ ।’
मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4