+
+
Shares
फिल्म :

‘रुकुम मैकोट’ जोडी धीरज र उपासना ‘जलाकी’मा पनि सँगै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १७:२३

काठमाडौं । गतवर्षको हिट फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा र अभिनेता धीरज मगरले पुनः सहकार्य गर्ने पक्का भएको छ । थापाको आगामी निर्देशकीय फिचर ‘जलाकी’को शीर्ष भूमिकामा मगर अनुबन्धित भएका छन् ।

पहिलो चरणको छायांकन केही दिनअघि सकिएको छ । धीरज दोस्रो चरणबाट छायांकनमा सहभागी हुने छन् । यो फिल्मको ‘लिड फिमेल’मा खुस्माकी अभिनेत्री उपासनासिंह ठकुरी समेत छिन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्ममा धीरज र उपासनासहित ‘शाम्बाला’ फेम्ड सोनम तोप्देन, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भूमिका हुनेछ । सुशान्त केसीको ब्लकबस्टर गीत ‘बार्दली’बाट चर्चित आकृतीको यो डेब्यु फिल्म समेत हुनेछ ।

सम्झना र मायाको प्रतिक मानिने ‘जलाकी’ले मगर समुदायको आस्थाको प्रतिक मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । छायांकन ३ चरणमा हुने जनाइएको छ । रुकुम, म्याग्दी, बागलुङ र पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो फिल्मले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने जनाइएको छ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको फिल्मको लगानीकर्तामा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

शैलेन्द्र डी काकीको छायांकन, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ । निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय फिल्म ‘खुस्मा’मा समावेश गीत ‘रुकुम मैकोट’ साढे ५ महिनासम्म युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?